लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रमको अनुगमन

११ असार २०७५, सोमबार १९:२४
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा विभिन्न संस्थाद्वारा सञ्चालन गरेको लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत संघ सस्था र तिनका कार्यक्रम बारे अनुगमन गरिएको छ ।
उप–महानगरपालिकाको उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले अनुगमन गरेको हो । उप–महानगरपालिकाले लागु औषध दुर्वसनविरुद्ध कार्यरत सहारा हाउस, प्रेरणा पुनस्र्थापना केन्द्र, सामना र नव किरण पुनस्र्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो ।
उप–महानगरपालिकाको ६ लाख एक हजारको सहयोगमा ती संस्थाले संयुक्त रुपमा १५ वटा कार्यक्रम गरेका थिए । लागु औष दुव्र्यसन विरुद्ध अभिभावक, विद्यार्थी लगायतलाई सचेतना, लागुऔषध प्रयोगकर्तालाई आयआर्जन, सिप विकास, आवासीय उपचार सहयोग लगायतका क्रियाकलाप गरिएका थिए ।
उप–महानगरका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, वडा न १३ का अध्यक्ष ओमकारनाथ मिश्रा सहितको टोलीले सहयोग कार्यक्रमका साथै ती संस्थाका समग्र गतीविधीबारे चासो राखेको थियो ।
उपप्रमुख थापामगरले लागु औषधविरुद्ध उप–महानगरपालिका सम्वेदनशिल रहेको भन्दै प्रभावकारी कार्यक्रम सञ्चालनका लागि थप समन्वय र सहकार्यको खाँचो औल्याए ।
सहारा हाउस अध्यक्ष अभिराज क्षेत्रीले लागु औषध विरुद्धका कार्यक्रम दिर्घकालिन रुपमा सञ्चालन गर्नु पर्ने भन्दै उप–महानगरपालिकाको सहयोगका लागि आभार व्यक्त गरे ।

Next Post

बर्दियाको गुलरियामा हिंसापीडितका लागि सुरक्षित आवास गृह निर्माण

११ असार २०७५, सोमबार १९:२४
सदरलाइनडटकम  गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियाको गुलरियामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालय बर्दियाले उपलब्ध गराएको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह […]

सम्बन्धित