बर्दियाको गुलरियामा हिंसापीडितका लागि सुरक्षित आवास गृह निर्माण

११ असार २०७५, सोमबार १९:५९
 

सदरलाइनडटकम 
गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियाको गुलरियामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ ।
महिला तथा बालबालिका कार्यालय बर्दियाले उपलब्ध गराएको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो । सो नवनिर्मित भवनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सोमवार एक कार्यक्रमवीच उद्घाटन गरेकी छन् ।
आवास गृहभित्र महिला पुरुषका लागि छुट्टै स्नानगृह, शौचालय, परामर्श कक्ष, मनोरञ्जन कक्ष, वार्डेन कक्षसहितका सुविधा निर्माण गरिएको छ । साथै, बालबालिका मैत्री खेलकुद सामाग्री र फर्निचरको समेत व्यवस्था गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालले महिला पुर्नस्थापना केन्द्र (ओरेक) र राधाकृष्ण थारु सेवा केन्द्रको साझेदारीमा निर्माण गरेको भवनको कुल लागत १ करोड २५ लाख १८ हजार रुपैया रहेको छ । जसमध्ये ११ लाख ९८ हजार रुपैयाको फर्निचर, परामर्श कक्षको व्यवस्था, खेलकुद सामाग्री लगायतमा खर्च भएको छ ।
त्यस्तै, लैंङ्गिक हिंसा पीडितलाई मनोसामाजिक परामर्श प्रदान गर्न प्लान इन्टरनेशनल नेपालले आवास गृहमा इन्चार्जको व्यवस्था गरी तालिम समेत प्रदान गरेको छ ।
भवन निर्माण परियोजनाले जिल्लामा यौन हिंसासहितका लैङ्गिक हिंसा रोकथाम तथा महिला र किशोरीहरुको संरक्षण गर्न उनीहरुको ज्ञान र क्षमता वृद्धि गर्नुका साथै लैङ्गिक र बाल संवेदनशील संरक्षण संयन्त्रलाई मजवुत बनाउने लक्ष्य राखेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले, एक वर्षमा सम्झौता गरेर काम पुरा गरेर हस्तान्तरण गरेकोमा सझेदार संस्थाहरु लगायत प्लान इन्र्टनेशनललाई आभार प्रकट गरिन ।
कानूनी प्रक्रिया निरोपन जिल्ला बाटै हुने भएकोले सबैले स्थानीय तहले समन्वय गरि यो सेवा केन्द्र संचालन गर्न आग्रह गर्दै उनले
महिला हिंसा हुनुको प्रमुख कारण महिलाहरुको आफ्नो आय स्रोत नहुनु नै हो त्यसकारण लैङ्गिक हिंसा अन्त्य गर्न समै पक्षले महिलाहरुलाई आयमुलक तथा स्वरोजगार कार्यक्रम बनाउन आवश्यक भएको औल्याईन ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सकोले प्लान इन्टरनेशनल नेपालले बालबालिका र उनीहरुविरुद्ध हुने हिंसा अन्त्यका लागि नेपालमा ४० वर्षदेखि काम गर्दै आएको बताए ।
यो परियोजनाले सुरक्षित आवास निर्माणमा मात्र नभई लैङ्गिक हिंसा न्युनिकरणका लागि चेतना ल्याउन योगदान गर्नेमा आफु विश्वस्थ रहेको बताए ।
उनले भने–‘यो सुरक्षित आवास गृह हिंसाबाट प्रभावित भएका महिला र बालबालिकालाई सहयोग गर्न निर्माण गरिएको हो । यो भवन लैङगिक र बालबालिका मैत्री बनाइएको र सरकारबाट अनुमति प्राप्त गरी हामीले यो भवन निर्माणका लागि सहयोग गरेका हौं र भवन निर्माणका क्रममा महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरिएको थियो ।’ सो कार्यक्रममा जिल्लास्थीत सबै कार्यलयका प्रमुखहरुको उपस्थिती रहेको थियो

Next Post

लागुऔषध बिरुद्धको दिवश मनाइयो

११ असार २०७५, सोमबार १९:५९
सदरलाइनडटकम नेपालगन्ज :  लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लास्थित सरकारी कर्मचारी, सरोकारवाला निकायका अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसी लगायतका सुरक्षा निकायका बरिष्ठ अधिकारीहरु सहभागि थिए । लागुऔषध बिरुद्ध सबै एकजुट हुनुपर्ने […]