बाँकेमा २४ संक्रमित थपिए, ४० जना डिस्चार्ज

सदरलाइन संवाददाता २७ माघ २०७८, बिहीबार १३:२५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा २४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २० र एन्टिजेन परीक्षणबाट ४ जनागरी २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १४, कोहलपुर मेडिकल कलेजमा ४ जना र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यी तीन अस्पतालमा ६३ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३०८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १२ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३९२ पुगेको छ । अस्पतालमा मध्यमखाले २६ जना, २ जना सिकिस्त विरामी छन् । यस्तै एकजनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३८ करोड बक्यौता नतिर्ने ड्रिमल्याण्ड होटेल बन्द

२७ माघ २०७८, बिहीबार १३:२५
नेपालगञ्ज : बक्यौता नतिरेको भन्दै सरकारले नेपालगञ्ज–१० आदर्शनगरस्थित ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ । मिनी क्यासिनो समेत सञ्चालन गर्दै आएको ड्रिमल्याण्डले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ बक्यौता नबुझाएको भन्दै होटल बन्द गर्न सरकारले निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको […]

सम्बन्धित