दोश्रो सोमवारका दिन बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो

सदरलाइन संवाददाता ९ श्रावण २०७९, सोमबार १५:३८
 

नेपालगञ्ज : साउनको दोस्रो सोमवार पनि नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनको घुइचो लाग्यो । साउनको पहिलो सोमवार ९ गते सयौं भक्तजनले बागेश्वरी मन्दिरको शिवालयमा पूजा आराधना गरेका थिए ।

बागेश्वरी मन्दिरमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको थियो । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।


हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ ।

यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ । यसपालिको साउन महिनामा ५ वटा सोमवार परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको पार्वतीपुरमा श्रीमान श्रीमाती मृत अवस्थामा भेटिए हत्याको आशंका

९ श्रावण २०७९, सोमबार १५:३८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा श्रीमान श्रीमाती मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिय कृष्णकुमार गढरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गढरिया मृत अवस्थामा फेला परेका हुन । उनीहरुको करिव १ वर्ष पहिला विवाह भएको […]