नेपालगन्ज उप–महानगरको तेस्रो नगरसभा सम्पन्न

१० असार २०७५, आईतवार २०:०२
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न गरेको छ । अर्थिक वर्ष०७५/७६ को लागि २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ वजेट प्रस्तावित गर्दै सार्वजनिक गरेको छ ।
उप–महानगरपालिकाले नीति तथा कार्यक्रमसहितको सो अनुमानित आय/व्यय वजेट प्रस्ताव उपप्रमुख उमा थापामगरले प्रस्ताब गरेकी हुन । उनले आगामी आर्थिक वर्षमा ऐसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ हुने अनुमान वजेट सार्वजनिक गरेकी हुन ।
प्रस्तुत वजेट वक्तव्यमा आर्थिक वर्ष ०७३/०७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको बैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरि आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ । आगामी आवको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ ।
गत आर्थिक वर्ष. ०७३/७४ मा व्ययतर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूंजिगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ । चालु आर्थिक वर्षको हाल सम्मको संशोधित खर्च चालु खर्चतर्फ ९० प्रतिशत भन्दा बढि र पुँजीगत खर्चतर्फ ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान रहेको छ ।
आगामी आ.व.०७५/७६ को ब्यय अनूमान चालू खर्चतर्पm सशर्त अनुदानतर्फ समेत गरी ५४ करोड ४ लाख ५० हजार र पूंजिगत खर्चतर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान गरिएको छ । यसमा चालु खर्च करीब २२ प्रतिशत र पूँजिगत खर्च करीब ७८ प्रतिशत रहने अनुमान छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको अनुदान र ऋण रकम करीब १ अर्ब ११ लाख रहेकोले चालु र पुँजीगत खर्च बीचको अनुपातमा भारी फरक देखिएको हो ।
कूल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकोले राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औल्याइएको छ ।
नेपालगन्ज नेपालको पर्यटकीयद्वारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार भन्ने नारासहितको सार्वजनिक वजेट, नीति तथा कार्यक्रममा नेपालगन्जलाई ५ नं. प्रदेशको आर्थिक तथा औद्योगिक नगरीको रुपमा विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्य लिइएको छ ।
नगर प्रमुख डा धवल शश्शेर राणाले ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए उनले राजश्व एवं आन्तरिक श्रोत व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई नीती तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
करको दायरा बढाई राजश्व संकलन बृद्धि, स्थानीय तहलाई निर्वाध रुपमा एकीकृत सम्पत्ति कर लिने व्यवस्थाको पहल, एकीकृत सम्पत्ति कर, घरबहाल कर, मनोरन्जन कर, विज्ञापन कर तथा सवारीसाधन कर संकलन बृद्धिलाई तिब्रता दिइने, सबै किसिमका उद्योग, व्यावसायलाई व्यावसाय करको दायरामा ल्याईने नीति अवलम्वन गरिने उल्लेख गरिएको छ ।


२ अर्ब ४३ करोड २ लाख वजेट सार्वजनिक

नेपालगन्जलाई व्यवस्थित शहरको रुपमा विकसित गर्न र क्षेत्रीय हव एवं स्मार्ट सिटीको रुपमा विकास गर्दै चक्रपथ निर्माण प्रक्रिया अगाडी बढाईने, उप–महानगरपालिकाका सम्पूर्ण सडक पक्की गर्ने, विद्युत, खानेपानी सरसफाई आदिजस्ता न्यूनतम सुविधाहरु उपलब्ध गराउन विशेष पहल गरिने कुरा समेत प्राथमिकतामा राखीएको छ ।
त्रिवेणीमोड देखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ मेन नालाको दक्षिणतर्फ अण्डर ग्राउण्ड पार्किङसहित सवै सुविधा सम्पन्न विशाल वजार शपीङ कम्पलेक्सका लागि डीडीआर बढाइएको, सीटी हल निर्माणको लागि पहल गर्ने लक्ष्य राखीएको छ ।
नीती तथा कार्यक्रममा सडकको दायाँ बाया ग्रिन वेल्टको अवधारणा अनुरुप बृक्षारोपणलाई प्रभावकारी बनाइने, व्यावसायिक रुपमा कृषि र पशुपालन गर्ने कृषकलाई कृषि र पशुजन्य प्रविधि, मल, बीउमा अनुदान दिने एवं विषयगत कार्यालय तथा संघ संस्थाको समन्वयमा तालिम एवं प्रविधि हस्तान्तरण कार्यक्रमलाई अगाडी बढाईने, स्वास्थ्य संस्था÷अस्पतालहरुको स्तरोन्नती गर्दै पिूर्ण खोपयुक्त र पूर्ण सरसफईयुक्त बनाउँदै लगिने कुरा समावेश छ ।
सुविधासम्पन्न रंगशाला निर्माणदेखि पर्यटकमैत्री वातावरण बनाउन संग्रहालय, कोशेलीघर र सभागृह निर्माण गरिने अवधारणा पनि अघि सारिएको छ । यस्तै अगामी केही अवधीभित्रै नेपालगन्ज दिल्ली अन्तर्राष्ट्रिय उडान सुरु गरि नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गरिने पनि बताइएको छ ।
खुल्ला स्थानीय सरकारको अवधारणा अवलम्बन गर्दै जनता र सरकारवीचको सम्वन्ध विस्तारमा सञ्चारमाध्यमसँगको सहकार्यलाई अगाडि बढाउने विकासका गतिविधिहरुलाई संचारका सबै माध्यम मार्फत जानकारी गराई सूचना प्रविधिलाई अधिक मात्रामा उपयोग गर्ने नीति पनि अवलम्बन गरिने जनाइएको छ ।
विपद व्यवस्थापन तथा उद्धार र राहतको कार्यक्रम अगाडी बढाइने, नगरमा “वालमैत्री कोष” स्थापना गरि आवश्यक बजेट व्यवस्थापन गर्ने र कोषबाट बालमैत्री वडा तथा नगर घोषणा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीती पनि अघि सारिएको छ ।
सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गरि धार्मिक सहिष्णुतायुक्त शहरको रुपमा पहिचान स्थापना गर्न उपयुक्त कार्यक्रम कार्यान्वयन गरिनेछ । बालमैत्री, वातावरणमैत्री, अपाङ्गतामैत्री, लैङ्गीकमैत्री, खुलादिशामुक्त, पूर्ण साक्षर, पूर्ण खोपयुक्त कार्यक्रम कार्यान्वयन मार्फत् सामाजिक समावेशीकरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरिने, कर्मचारीहरुको कार्यसम्पादनको आधारमा पुरस्कार तथा दण्ड दिने, उपलब्ध स्रोत साधनको उच्चतम परिचालन र उपयोग गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीले राजश्व र करको दायरा सबैका लागि सहज, फराकीलो र व्यवहारिक बनाइएको बताए । उनले सीटीहल, कम्प्लेक्स भवन लगायतका मेघा प्रोजेक्टलाई अघि बढाइएकोले सबैको साथ र सहयोगको अपेक्षा गरे ।
वडा अध्यक्ष, नगर सदस्य लगायतको सहभागिता रहेको बन्द सत्रमा केही सुझाव राखीए पछि थप छलफलका लागि समय तय गरिएको र वडाका वजेट सीलीङसहित अब २१ गते पुन ः बस्ने नगर सभाले वजेट, नीति तथा कार्यक्रम पारिने बताईएको छ ।  

Next Post

जानकी गाउँपालिकाको तेस्रो गाँउसभा

१० असार २०७५, आईतवार २०:०२
सदरलाइनडटकम  नेपालगन्ज : जानकी गाउँपालिका बाँकेको तेस्रो गाउँसभा आईतवारबाट सुरु भएको छ । गाउँसभामा आर्थिक वर्ष ०७५/०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५/०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक वर्ष २०७५/०७६को लागि […]

सम्बन्धित