नेपाल मानव धर्म सेवा समितिले शनिबार रक्तदान गर्ने

सदरलाइन संवाददाता २४ भाद्र २०७९, शुक्रबार १३:२७
 

नेपालगञ्ज : ‘रक्तदान जीवन दान, आत्मज्ञान अतिमहान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मुल नारका साथ शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी क्षेत्र आश्रम, नेपालगञ्जले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । आश्रमले शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकादोमा रहेको आफ्नै भवनको प्राङ्गणमा बिहान ९ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।


विश्व शान्ति दिवस तथा मावन धर्मका प्रणेता श्री सतपालजी महाराजको शुभ जन्मोत्सवको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति नेपालगञ्जले बृहत रक्तदान कार्यक्रम गर्न लागेको विशेष राज उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीपी जयन्तीका अवसरमा वीपीको शालिकमा माल्यार्पण

२४ भाद्र २०७९, शुक्रबार १३:२७
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले १०९औं वीपी जयन्तीमा नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको छ । सभापति नारायणप्रसाद गौडेल लगायत नेता कार्यकर्ताले वीपीको शालिकमा माल्यार्पण गरेका हुन् । बाँके कांग्रेसका नेता कार्यकताहरुको उपस्थितिमा आज विहान वीपीको शालिकमा माल्यार्पण गरिएको सचिव सुधांशु कोइरालाले बताए । माल्यार्पण कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी […]