बाँकेका अवैध क्रसर उद्योगमा कडाइ गरिँदै

सदरलाइन संवाददाता २१ पुष २०७९, बिहीबार १४:३३
 

नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो ।

क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी कागजात १५ दिनभित्र पेस गर्न उद्योगहरूलाई पत्राचार गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी गराए ।


बैठकले उद्योगको प्रभावकारी अनुगमन, स्टक प्रमाणीकरण, जरिवाना निर्धारण, प्रोत्साहन पुरस्कार सम्बन्धमा निर्णय पनि गरेको समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो अत्याधिक बढेपछि जानकीका विद्यालय बन्द

२१ पुष २०७९, बिहीबार १४:३३
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाका विद्यालयहरु पनि बिहीवारदेखि बन्द भएका छन् । चिसो अत्याधिक बढेपछि गाउँपालिकाका सम्पूर्ण सामुदायिक, निजी र मदरसाहरुमा दुई दिन विदा दिइएको गाउँपालिकाले जनाएको छ । शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा असहज वातावरण सिर्जना भएकाले पुस २१ र […]