उत्कृष्ट कर्मचारी सम्मानित

२५ असार २०७७, बिहीबार १८:०२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकामा कार्यरत विभिन्न शाखा तथा वडाका उत्कृष्ट कार्यसम्पादन गर्ने कार्मचारी सम्मानित भएका छन् । आर्थिक वर्षको अन्त्यमा उनीहरुको कार्यसम्पादनका आधारमा नगदसहित सम्मान गरिएको हो ।
योजना तथा प्राविधिक शाखाबाट दिलबहादुर पौडेल नगद २० हजार रुपैयाँसहित सम्मानित भएका छन् भने स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्का सामाजिक विकास शाखाको उत्कृष्ट कर्मचारीका रुपमा नगद १५ हजार दोसल्लाह तथा प्रमाणपत्रसहित सम्मानित भए ।
त्यस्तै नगद जनही १० हजारसहित महिला विकास शाखा प्रमुख सुशीला न्यौपाने, सामाजिक सुरक्षातर्फ राजेन्द्र बर्मा, आर्थिक प्रशासनतर्फ कृष्णराज शर्मा, कृषि शाखा प्रमुख पुनम पोख्रेल, कार्यालय व्यवस्थापनतर्फ तारा थापा सम्मानित भएका छन् भने वडा कार्यालयबाट वडा नं. १ का सचिव चिरञ्जीवी पाण्डेलाई सम्मान गरिएको छ ।
यसैगरी कार्यालय सहयोगीतर्फ ललिता थापा र श्यामकुमार थारुलाई ५ हजार नगदसहित सम्मान गरियो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विकले सम्मानितहरुलाई नगद पुरस्कार र दोसल्लाह ओढाई सम्मान गरे ।
खजुरा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न हुने अवसर छोप्दै सोही कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । कार्यपालिका सदस्य झुमा योगीको संयोजकत्वमा बनेको सुशासन समितिले विभिन्न ५ वटा आधारमा उनीहरुलाई सम्मानका लागि छनोट गरेको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा छनोट समितिका सदस्य बमबहादुर केसीले जानकारी दिए ।

Next Post

नरैनापुरलाई कृषिको हब बनाईने छ : प्रदेश सांसद नमूना

२५ असार २०७७, बिहीबार १८:०२
सदरलाइनडटकम, नरैनापुर (बाँके) : पाँच नंम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालनमा रहेको बाँकेका नरैनापुर–६ कोहला जमुनी बाख्रा स्मार्ट गाउँको आर्थिक वर्ष२०७६/०७७ को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभासदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो सार्वजनिक सुनुवाईमा बोल्दै उनले […]

सम्बन्धित