जानकी गाउँपालिकाको तेस्रो गाँउसभा

१० असार २०७५, आईतवार २२:०८
 

सदरलाइनडटकम 
नेपालगन्ज : जानकी गाउँपालिका बाँकेको तेस्रो गाउँसभा आईतवारबाट सुरु भएको छ । गाउँसभामा आर्थिक वर्ष ०७५/०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५/०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक वर्ष २०७५/०७६को लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन् ।
अध्यक्ष यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । गाउँसभामा उपाध्यक्ष धितालले आर्थिक वर्ष २०७५/०७६को लागि ३१ करोड १७ लाख २ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् ।
जसमध्ये विकासतर्फ २३ करोड ९ लाख ६९ हजार ८ सय ९३ छ भने बाँकी साधारणतर्फको खर्चमा विनियोजित गरिएको छ ।
वजेट प्रस्तुत गर्दै उपाध्यक्ष भूमिसरा धितालले ०७४/७५ का विनियोजित बजेट र कार्यक्रम सुचारु हुने वक्तव्य दिएकी थिईन् । यसवर्ष गाउँपालिकाले एकीकृत सम्पती कर मार्फत १ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेष नमूना वस्ती विकास कार्यक्रम प्रमुख आकर्षक रहेको छ । यसका साथै ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई वार्षिक एकमुष्ठ सम्मान गर्ने, दलित मुस्लिम, पिछडिएका वर्गको आयआर्जनका लागि सहयोग, २५ शैययाको गाउँपालिकास्तरी अस्पताल निर्माण आगामी कार्यक्रममा राखिएका छन् ।
आगामी वर्ष पनि गाउँपालिकाले सडक निर्माणलाई नै प्राथमिकता दिने भएको छ । हरेक बालबालिकालाई विद्यालय पु¥याउन, विद्यालय भर्ना अभियानलाई सशक्त प्रभावकारी र जनसहभागितालाई अभिवृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Next Post

नरैनापुरको नीति तथा कार्यक्रम सार्वजनिकसंगै राजपत्र प्रकाशित

१० असार २०७५, आईतवार २२:०८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम संगै राजपत्र प्रकाशित गरी आईतबार सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय वडा नम्बर ४ नरैनापुरमा बसेको दोस्रो गाउँसभा बैठकमा अध्यक्ष इस्तियाक अहमद शाहले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, विद्युत र तटबन्धलाई उच्च प्राथमिकतामा राख्दै नीति […]