जोखिम मोलेर भारतको कोठीबाट पाँच युवतीको उद्धार

२७ चैत्र २०७४, मंगलवार १६:४०
 


सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज : माईती नेपाल नेपालगन्जले बेश्यालयमा छापामारेर पांच जना नेपाली चेलीको भारतको आगराबाट उद्धार गरेको छ । केही समय अघि उनीहरुको उद्धार गरिएको नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनीहरु कोही दुई वर्ष त कोही पा“च वर्षअघि कोठीमा पु¥याईएको पाइएको कोइरालाले बताए । उनका अनुसार उनीहरु १७ देखि २२ वर्षमुनीका रहेका छन् । उद्धार गरिएका युवतीहरु अहिले आगरास्थित भारतीय महिला सेलमा रहेका छन् । स्थानीय अदालतमा कोठी सन्चालिका बिरुद्ध मुद्दा परेकाले युवतीहरुलाई बयानका लागि भारतमै राखिएको हो ।
माईती नेपालका संयोजक कोइरालाका अनुसार पा“च जना मध्ये चार जना युवतीहरु आफ्नो प्रेमिकाको ललाईफकाईमा परेर बेचिएका हुन । अर्की एक जना भने आफ्नै नातेदार महिलाबाट बेचिएको पाइएको छ । उनीहरु सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका रहेका छन् । ‘कलिलै उमेरमा आफन्तबाटै नेपाली चेलीहरु भारतमा बेचिन्छन भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।’— कोइरालाले भने । निकै जोखिम मोलेर युवतीहरुको उद्धार गरिएको माइती नेपालले जनाएको छ । कोठी सन्चालिकासंग स्थानीय प्रहरीको समेत मिलोमतो हुने भएकाले माथिल्लो निकायमा पहुच बनाएर मात्र उद्धार हुंदै आएको कोइरालाले बताए ।

Next Post

सांग्रिलाको हकप्रद शेयर लिलाम विक्रीको बाँडफाँड

२७ चैत्र २०७४, मंगलवार १६:४०
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज : प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमासांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्पmको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र खोलिएको छ । यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्पm रु. १०५।०० तथा सर्वसाधारण […]