नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा न्यायिक समिति गठनका बिषयमा गाउँ सभा अल्झिएको छ ।
गाउँपालिकामा आइतबार सुरु भएको १२औँ गाउँ सभाले न्यायिक समिति गठन, बजेट संशोधन र साझेदारी कार्य संचालन बिधेयक लगायत ३ वटा प्रस्ताव बैठकमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्ताव गरे पनि न्यायिक समिति गठनका बिषयमा सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ ।
पटकपटकको प्रयासमा पनि सहमति जुट्न नसकेपछि अन्योल सिर्जना भएको छ ।