स्वास्थ्य प्राविधिक संघ बाँकेमा पुनः रोका

२७ जेष्ठ २०७५, आईतवार १०:३८
 

सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज : नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकेको अध्यक्षमा पुनः खडकबहादुर रोका चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न सातौ जिल्ला अधिवेशनले रोकाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष देवनारायण उपाध्याय (खुला), नन्दा नेपाली महिला उपाध्यक्ष, नीजी क्षेत्रबाट उपाध्यक्षमा कमला वली, सचिव विरबहादुर पुन, सहसचिव भरत गोराथाकी, कोषाध्यक्ष नन्दा गिरी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा मधुकर मणि आचार्य, जगतराम चौधरी, ईन्द्रबहादुर थापा, नरेश खत्री, टेकबहादुर शाही,अम्मरंिसह महतरा, लक्ष्मी पौडेल, शेरेन्द्र कुमार सोनी, रिमा सुवेदी, दलबहादुर राना र प्रमोद खनाल चयन भएका हुन ।
यसअघी भएको उद्दघाटन शत्रमा स्वास्थ्य प्राविधिक संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष रामसुन्दर यादव, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामबहादुर चन्द, भेरी अञ्चल अस्पतालका मेसुु डा. प्रकाश थापा, निजामति कर्मचारी अधिकारीक टे«ड युनियनका जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेत, धनराम वली, लोकन्द्र चन्द लगायतले शुभकामना व्यक्त गरेका थिए ।


 

Next Post

किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?

२७ जेष्ठ २०७५, आईतवार १०:३८
सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ । भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै चर्चा कमाइरहेको छ । @PedestrianPoet नामक ट्विटर ह्याण्डिलबाट एक अनौठो भिजिटिङ कार्डको तस्वीर शेयर […]

सम्बन्धित