किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?

२७ जेष्ठ २०७५, आईतवार १२:४८
 

सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ ।

भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै चर्चा कमाइरहेको छ ।

@PedestrianPoet नामक ट्विटर ह्याण्डिलबाट एक अनौठो भिजिटिङ कार्डको तस्वीर शेयर गरियो ।

सामान्यतः भिजिटिङ कार्डमा व्यक्तिको नाम, काम गर्ने कम्पनी, पद, सम्पर्क नम्बर आदि उल्लेख हुन्छन् । तर यो कार्डमा त्योभन्दा फरक तथ्य छ ।


कार्डको सबैभन्दा माथिल्लो भागमा लेखिएको छ, नो अफिस, नो बिजनेस, नो जब, नो ओरिज ।

नाम जी सुनिल सचदेव र परिचयको रुपमा भारतीय आयल कर्पोरेसनको मुख्य व्यवस्थापकबाट अवकासप्राप्त लेखिएको छ ।

त्यसको तलपट्टि रोचक जानकारी छ । जसमा जमघट, हल्का संगीत, घुमफिर, राजनीतिक बहस, नजिकका मान्छेसँग तास खेल्न, लञ्च तथा डिनरका लागि आफू उपलब्ध रहेको उल्लेख छ ।

यो बिजनेस कार्डका सम्बन्धमा ट्वीटरमा राम्रै बहस भएको छ । एकजना ट्वीटर प्रयोगकर्ताले ती कार्डवाला काकाको ६ महिनाअघि नै मृत्यु भइसकेको आफूले थाहा पाएको भन्दै काकाले जीवनमा राम्रै मस्ती गरेको उल्लेख गरेका छन् ।

एजेन्सी

Next Post

प्रेस चौतारी र प्रेस सेन्टर बाँकेको संयुक्त भेला असार ९ गते गरिने

२७ जेष्ठ २०७५, आईतवार १२:४८
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज :  प्रेस चौतारी नेपाल बा“केका अध्यक्ष हेमन्त बिक र प्रेस सेन्टर बा“केका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा दुबै संगठनका उपलब्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला समितिका पदाधिकारीबीच सम्पन्न आईतबार बैठक सम्पन्न भएको छ । बैठकले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ऐतिहासिक रुपमा […]