थारू समुदायमा माघीको रौनक

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १४:१५
 

नेपालगञ्ज : थारू समुदायले सोमबार माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । उनीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गर्छन् । अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे ।

माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो । थारू समुदायले माघी पर्वलाई माघ महिनाभर मनाउँछन् । माघी पर्व यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ ।


तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकामा पनि रौनक ल्याउँछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव आयोजना गरेका छन् ।

विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषतः ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ९औं राष्ट्रिय योग दिवस मनाइयो

१ माघ २०८०, सोमबार १४:१५
नेपालगञ्ज : योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौं राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको विशेष उपस्थितिमा योग समिति नेपालले योग दिवस […]