शिक्षा उद्यमी बस्नेतको निधन

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १३:४१
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेर बिभिन्न संघ संस्था तथा शिक्षाको क्षेत्रमा अतुलनिय योगदान दिएका राम वहादुर वस्नेतको ५७ बर्षको उमेरमा शनिवार राति ११ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ । लामो समय ब्रिटिश आर्मिमा रहेर सेवा निवृत जिवन विताईरहेका वस्नेत स्थापना कालदेखि गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुर २ का संस्थापक तथा सञ्चालक समेत रहदै कोहलपुरको शैक्षिक अभियानमा क्रियाशिल रहेका थिए ।

लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेत बाँके नेपालगन्ज साइक्लिङ क्लबका सस्थापक मात्र नभई कोहलपुरमा रहेर भुतपुर्व गोर्खाहरुलाई गोलबद्ध गराउदै उनीहरुको हक अधिकारका निम्ति नेतृत्वदायि भुमिकामा समेत रहेर काम गरेका थिए ।

कोहलपुर ११ मा रहेर केहि समय ब्यापार ब्यवसायमा समेत संबद्ध वस्नेत पछिल्लो समय समाजसेवा र बिषेश गरि शैक्षिक अभियानमा केन्द्रित रहेका । स्वर्गिय वस्नेतका १ छोरा ४ छोरी र श्रीमती छन् ।


स्वा. बस्नेतको निधनले विद्यालयले निकै मेहनती, एक होनहार शिक्षाप्रेमी गुमाएको गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले बताएका छन । उनको देहान्तलाई लिएर नेकपा एमाले नगर कमिटि अध्यक्ष नम प्रसाद शर्माले कोहलपुरले एक असल ब्यक्ति गुमाउनु परेकोमा दुःख ब्यक्त गरेका छन् ।

यसैगरि नेपालगञ्ज साइक्लिङ क्लबका सतिस निरौलाले स्वस्थ्य शरीर र स्वस्थय समाज निर्माणमा विश्वास गर्ने साइक्लिङका सहयोद्धा गुमाएकोमा दुःख ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पाँच लाखभन्दा बढीको प्रतिबन्धित पटका नष्ट

२६ कार्तिक २०८०, आईतवार १३:४१
नेपालगञ्ज : बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाखभन्दा बढी मूल्य बराबरको पटका नष्ट गरेको हो । भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा जिल्लाभित्र भित्र्याइएका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर शनिबार जिल्ला प्रहरी कार्यालय परिसरभित्र खाल्डोमा हालेर नष्ट […]