एक्सनएडले गर्यो सामाजिक लेखाजोखामार्फत कामको समिक्षा

२५ जेष्ठ २०७५, शुक्रबार १९:२३
 

सदरलाइनडटकम  
२५ जेठ, काठमाडौं : एक्सनएड नेपालले सामाजिक लेखाजोखा मार्फत कामको र खर्चको पारदर्शिता गर्नुपर्ने मान्यताका आधारमा पन्ध्रौ राष्ट्रिय समाजिक लेखाजोखा शुक्रबार काठमाडौं आयोजना गरिएकोे छ ।
सामाजिक लेखाजोखा कार्यक्रममा लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यमका प्रतिनिधि, अधिकारवादी संजाल, स्थानीय निकाय, सरकारी निकायका व्यक्तिहरुको सहभागिताका रहेको सो कार्यक्रममा सन् २०१७ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिबारे छलफल तथा प्रस्तुती गरेको हो ।
नेपालमा एक्सनएड नेपालले विगत ३६ वर्षदेखि काम गरि रहेको गैह्र सरकारी संस्था हो । एक्सनएड नेपालले सन् २००२ देखि स्थानीय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न सामाजिक लेखाजोखा कार्यक्रम आयोजना गर्दै आएको छ ।
हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्दै आएको छ । लेखाजोखा कार्यक्रममा गतवर्ष गरेका कामबाट प्राप्त परिणामहरुको सहभागितामूलक प्रक्रियाद्धारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन् गर्ने प्रक्रिया समेत अवलम्ब गरेको संस्थाका निर्देशक सुजिता माथेमाले जानकारी गराइन ।


एक्सनएड नेपाल र उसका साझेदार संस्थाले समुदायस्तरमा गरेका गतिविधिहरुको यथार्थ सूचना तथा उपलब्धिहरु सार्वजनिक गर्ने र विगतका कार्यक्रमहरुकोे समीक्षा गर्ने एउटा प्रभावकारी थलोको रुपमा एक्सनएड नेपालले सामाजिक लेखाजोखा प्रक्रियाको अभ्यास गर्दै आइरहेको हो । यस प्रकारको कार्यक्रमबाट अभ्यासहरुबाट सहभागिमूलक सुशासन कायम राख्न महत्वपूर्ण योगदान पुग्दछ भन्ने एक्सनएड नेपालले विश्वास राख्दछ ।
एक्सनएड नेपालको २०१७ को बार्षिक बजेट कूल रु. ६६ करोड, १ लाख ७ हजार, १ सय २६ खर्च बजेट प्रस्तुत गरेको थियो । सो रकम गरिब, विपन्न, पछाडी पारिएका परिवारका साथै भुकम्पबाट पीडित परिवारका लागि आफ्ना साझेदार संस्था मार्फत खर्च गरेको सार्व्जिक गरेको थियो । सन् २०१७ को खर्च रकम मध्ये ९२ प्रतिशत कार्यक्रम तर्फ, ५ प्रतिशत प्रशासनिक तर्फ, २ प्रतिशत कोष अभिबृद्धि तथा १ प्रतिशत संस्थागत विकास तर्फ खर्च गरिएको कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
एक्सनएड नेपालले सन् १९८२ देखि नेपालमा गरिबि रहेका आमनागरिक, महिला तथा सीमान्तकृत वर्गहरुको हक, हित र अधिकारका लागि विभिन्न्न कार्यहरु गर्दै आएको छ । यस संस्थाले मानव अधिकारमुखी पद्दतीद्धारा लक्षित वर्गहरुको क्षमता अभिवृद्धी गरी उनीहरुलाई आफ्नो हक–अधिकार दावी गर्न सक्षम बनाई सम्माजनक जीवनयापन गर्न सहयोग गर्दछ । देशका विभिन्न ठाउँमा आफ्नो कार्यसंचालन गर्न यस संस्थाले सरकार, सामाजिक संजाल÷संगठन लगायत विभिन्न नागरिक समाजहरुसँग साझेदारी गर्दछ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाही, पुर्न्निर्माण प्राधिकरणका सदस्य विष्णु भण्डारी, अन्तराष्ट्रिय गैरसरकारी संस्था नेपालका अध्यक्ष डा.शिवेशचन्द्र रेग्मी, एक्सनएड नेपालका कार्यसमिति अध्यक्ष प्रा.शुभाष केसी लगाएको उपस्थिती रहेको थियो ।

Next Post

तेस्रो नेपालगन्ज गोल्डकप : दुवैटीमको आफु जित्ने दाबी, स्मारिका सार्वजनिक

२५ जेष्ठ २०७५, शुक्रबार १९:२३
सदरलाइनडटकम २५ जेठ, नेपालगन्ज  : बाँकेको खजुरामा जारी टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको फाईनलमा पुगेका दुबै टोलीले उपाधि आफुले जित्ने दावी गरेका छन । प्रतियोगिताको फाईनल हुनु एकदिन अघि आयोजक बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रि म्याच कन्फ्रेन्समा फाईनलिस्ट टोली सिएमजी संकटा क्लब र लाली रुपन्देही–११ ले सो दावी गरेका […]