बार परिसरभित्रै अधिवक्ताबीच कुटाकुट

सदरलाइन संवाददाता १२ कार्तिक २०७८, शुक्रबार १४:५२
 

काठमाण्डौ : नेपाल बार एशोसिएशनको परिसरभित्रै कानुन व्यवसायी कुटिएका छन् । कुटिने र कुट्ने दुवै अधिवक्ता रहेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् ।

सर्वोच्चका न्यायाधीशहरु इजलाशमा फर्कनुपर्ने र बेञ्च सुचालु गर्नुपर्ने पक्षमा बोल्दा अधिवक्ता भूमिनन्द चुँडाललाई कुटपीट गरिएको हो । उनलाई थप्पड हानिएको हो ।

चुँडालमाथि हातपात गर्ने अधिवक्ता भने विराट न्यौपाने भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका न्यौपानेले चुँडालमाथि हातपात गरेका हुन् ।


बार परिसरमै कानुनकर्मी कुटिँदा बार पदाधिकारीहरु भने प्रधानन्यायाधीश राणालाई राजीनामा दिन बाध्य पार्ने विरोध कार्यक्रम ल्याउन छलफलमा बसिरहेका थिए ।

उता, सर्वोच्च अदालतमा भने प्रधानन्यायाधीश राणाले आजका लागि आठ वटा इजलाश तोकेपनि कुनैको पनि सुनुवाई हुन सकेको छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बेञ्चनै बहिष्कार गरिरहेका बाँकी न्यायाधीशहरु आगामी रणानीति बनाउन छलफलमै छन् भने संयुक्त इजलाश तोकेको राणाले पनि सुनुवाई गर्न पाउनुभएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानीहरुलाई रोक्न बाँकेको सीमामा कडाई

१२ कार्तिक २०७८, शुक्रबार १४:५२
नेपालगञ्ज : तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने भन्दै नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना बढी छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । आफगानीहरु भारत प्रवेश गर्नका लागि भारतीय अधारकार्डको […]

सम्बन्धित