लकडाउनमा ९५ मुद्दा फैसला

९ श्रावण २०७७, शुक्रबार १३:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला अदालतले लकडाउनको अवधिमा पनि न्याय सम्पादनको काम गरेको छ । लकडाउनको अवधिमा ९५ वटा मुद्दाको फैसला भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए । यही अवधिमा ९७ वटा मुद्दा दर्ता पनि भएका छन् ।
अदालतमै उपस्थित भएर म्याद थप गर्न सक्ने अवस्था नहुँदा भर्चुअल विधिबाट दुई सय ४७ वटा मुद्दामा म्याद थप भएकोे भट्टले बताए । बन्दाबन्दीमा पूर्णरुपमा अदालत बन्द नगरेर सक्दो सेवा गरिएको उनको भनाइ छ ।
जिल्ला अदालतमा अभियोग दर्ता र फैसला भएका छन् । ३३ वटा पक्राउ पुर्जी जारी, १९ वटा फिराद दर्ता भए । पाँच सय ३१ वटा फैसला तयार भएका छन् । लकडाउनले मुद्दा फैसला भने लक्ष्यभन्दा आधा पनि हुन सकेन । कूल मुद्दामा ३८.३३ प्रतिशत मात्र प्रगति भयो ।
वार्षिक लक्ष्यमा भने ४५ प्रतिशत फैसला गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा बाँके जिल्ला अदालतमा चार हजार ८ सय ८८ मुद्दा रहेकोमा एक हजार आठ सय ७४ मुद्दा मात्र फैसला भए । चालु आर्थिक वर्षमा तीन हजार १४ मुद्दा सरेका छन् ।

Next Post

शुक्रवार देशभर थपिए १३३ कोरोना संक्रमित

९ श्रावण २०७७, शुक्रबार १३:५०
सदरलाइनडटकम, नेपालगञ्ज : शुक्रवार देशभर १ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । देशभर शुक्रवार मात्र १ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना […]