तेस्रो नेपालगन्ज गोल्डकप : दुवैटीमको आफु जित्ने दाबी, स्मारिका सार्वजनिक

२५ जेष्ठ २०७५, शुक्रबार २०:४७
 

सदरलाइनडटकम
२५ जेठ, नेपालगन्ज  : बाँकेको खजुरामा जारी टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको फाईनलमा पुगेका दुबै टोलीले उपाधि आफुले जित्ने दावी गरेका छन ।
प्रतियोगिताको फाईनल हुनु एकदिन अघि आयोजक बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रि म्याच कन्फ्रेन्समा फाईनलिस्ट टोली सिएमजी संकटा क्लब र लाली रुपन्देही–११ ले सो दावी गरेका हुन ।
संकटा क्लब र रुपन्देही–११ दुवै उपाधी चुम्ने विश्वासका साथ मैदानमा उत्रने तयारीमा छन् । कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने विश्वासका साथ मैदानमा उत्रने बताए । गत  बर्ष  पनि  संकटा र रुपन्देही–११ नेपालगन्ज गोल्डकपको फाईनलमा भिडेका थिए । जहाँ रुपन्देहीले संकटालाई पराजित गर्दै उपाधि चुमेको थियो । यता संकटा पनि गत बर्षको पराजयको बदला लिने सुरमा देखिन्छ ।
रुपन्देही–११ का प्रशिक्षक पुकार गहतराजले फाईनलमा आफ्ना खेलाडीहरुले अट्याकिङ्ग खेल खेल्ने भन्दै कुनै पनि अवसरलाई खेर जान नदिने दृढता ब्यक्त गरे । संकटाका कोच जुजुकाजी डंगोलले सेमिफाईनलमा सुदूरपश्चिम–११ सँगको खेलमा जस्तो धेरै अवसरहरु नगुमाउने आफूहरुको प्रयास रहने बताए ।
उनले आप्mनो सम्पुर्ण शक्ति लगाएर मौकाको पूर्ण सदुपयोग गर्दै उपाधी जित्ने विश्वास व्यक्त गरे । संकटाले सुदूरपश्चिम ११ लाई टाईब्रेकरमा ३–१ गोलले मात दिँदै फाईनलको यात्रा तय गरेको थियो भने रुपन्देहीले आयोजक नेपालगन्ज–११ को टोलीलाई ४–२ ले पाखा लगाउँदै फाईनलमा पुगेको हो ।
खजुरा डी गाउँस्थित मैदानमा शनिबार दिउँसो ४ बजेदेखि फाईनल प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
यसैबीच सोहि अवसरमा नेपालगन्ज गोल्डकप फुटबलको स्मारिका समेत सार्वजनिक गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले स्मारिकाको विमोचन गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी केसीले नेपालगन्ज गोल्ड कपले राम्रा खेलाडीहरुको उत्पादनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले नेपालगन्ज गोल्ड कपको सफल आयोजनामा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
खजुरा क्षेत्र फुटबलको उर्वर भूमि रहेको र त्यस क्षेत्रमा एउटा फुटबल मैदानको आवश्यकता औंल्याउँदै उनले फुटबल मैदान निर्माणका लागि पहलकदमी लिन खजुराबासीसँग आग्रह समेत गरे ।
कमल खत्रीले संचालन गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका कार्यबाहक अध्यक्ष नरेन्द्र थापा, एन्फाका केन्द्रीय सदस्य प्रदेश सिंह राठोर, पुर्ब उपाध्यक्ष गोबद्र्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब सभापति निरज गौतम, पुर्ब केन्द्रीय सदस्य झलक गैरे लगायतको उपस्थिति रहेको थियो ।  

Next Post

२६ जेठ २०७५ शनिवारको राशिफल

२५ जेष्ठ २०७५, शुक्रबार २०:४७
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ […]

सम्बन्धित