सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएको हो ।
डिभिजन वन कार्यालय डडेल्धुराअन्तर्गत पर्ने भागेश्व करिडोर क्षेत्रमा पाटेबाघ फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । नेपालको वन र वन्यजन्तु संरक्षणको क्षेत्रको यो पहिलो घटना भएको दाबी संरक्षणकर्मीहरूको छ ।
नेपालमा यो उचाईमा पहिलो पटक पाटेबाघ भेट्टिएको डिभिजन वन अधिकृत आचार्यले बताए । तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटेबाघ यो उचाइमा पाइएको नेपालको वन क्षेत्रको इतिहासमा पहिलो पटक भएको उनको भनाई छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)