प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’को बृत्तचित्र प्रर्दशन

२० माघ २०७५, आईतवार २१:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार पन्नालाल गुप्त चाचाजीको जीवनमा आधारित बृत्तचित्र आइतबार नेपालगञ्जमा प्रर्दशन गरिएको छ ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा प्रर्दशन गरिएको सो बृत्तचित्र पत्रकार सन्तोष रेग्मीले निर्देशन गरेका हुन । बृत्तचित्र प्रर्दशनी कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी गुप्तसहित अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सशस्त्र प्रहरीका एसपी भेषबहादुर शाह, पत्रकार महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झा, पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पुर्वमहासचिव पोषण केसी, पुर्वकेन्द्रिय सदस्य प्रेम केसी र झलक गैरे, बाँकेका शाखाका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्ष रुद्र सुवेदी, युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार, नागरिक समाज, उद्योगी ब्यवसायी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका पुर्वअध्यक्ष झाले पत्रकारिता पेशामै जीवन सर्मपित गरेका चाचाजीबाट नेपाली पत्रकारले धेरै कुरा सिक्नुपर्ने बताए । मुलुकमा प्रजातन्त्र ल्याउन र समाज विकासमा पनि वरिष्ठ पत्रकार गुप्तले पत्रकारिताको माध्यमबाट धेरै योगदान दिएको उनको भनाई छ । कार्यक्रममा बृत्तचित्रका निर्देशक पत्रकार रेग्मीले नेपाली पत्रकारिता क्षेत्रलाई उचाईमा पु¥याउन चाचाजीको योगदान रहेको स्मरण गर्दै सम्मान स्वरुप आफुले बृत्तचित्र निर्माण गरेको बताए । बृत्तचित्र अवलोकन गरिसकेपछि सहभागीहरुले समाजका लागि पत्रकारले गरेको योगदान धेरै रहेको कुरा झल्काएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’मा जम्मा गरिने बताए । पत्रकार सम्मेलन गरी केहीदिनमै संकलित रकम सार्वजनिक गरिने प्रतिवद्धता जनाए । कोषको रकमबाट हरेक वर्ष पत्रकारलाई सम्मान गरिने युनियन बाँकेका सचिव अर्जुन ओलीले बताए ।
नेपालगन्ज रानीतलाउ निवासी ९० वर्षिय गुप्त करिव चार दशकदेखी प्रकाशित हुदै आएको किरण साप्ताहिकका प्रकाशक/सम्पादक रहेका छन । उनी नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष पनि हुन । यसअघि युनियनले वरिष्ठ पत्रकार गुप्तको सम्मान स्वरुप नेपालगन्जमा नागरिक अभिनन्दन पनि गरेको थियो ।  

Next Post

नेपाली काँग्रेसद्वारा नेपालगञ्जमा जनप्रर्दशन शुरु

२० माघ २०७५, आईतवार २१:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसले सोमवार नेपालगञ्जमा शक्ति प्रदर्शन शुरु गरेको छ । देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप नेपालगञ्जमा विशाल प्रदर्शन शुरु गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको र मर्यादामै नबसेको लगायतका १६ वटा आरोप […]