
सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज : तीज महोत्सवबाट बचेको पैसा बाँकेको खजुरामा मन्दिरलाई सहयोग गरिएको छ । गत तीज महोत्सवका क्रममा संकलन भएको मध्ये आधुनिक युवा सन्जालले रकम स्थानीय लक्ष्मी नारायण मन्दिरमा सहयोग गरिएको हो ।
स्थानीय युवा अगुवा बिज्ञान कक्षपतिका अनुसार रु १२ हजार र ३ थान पंखा बितरण गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, युवाहरु र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।


