
सदरलाइनडटकम
११ असार, नेपालगन्ज : स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री ईस्तियाक राई नेपालगन्जका बिभिन्न कार्यक्रममा व्यस्त छन् । सोमबार बिहान भेरी अन्चल अस्पतालको अनुगमन गरेका उनीहरु यतिबेला खजुरास्थित क्यान्सर अस्पतालको सेवा शुभारम्भ कार्यक्रमको सहभागिता जनाइरहेका छन् ।
झण्डै एकदशकसम्मको तयारीपछि भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भई ओपिडी सेवा सुरु हुन लागेको अस्पताल विकास समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । स्वास्थ्यमन्त्री यादवले सेवाको उद्घाटन गर्दै छन् ।


