सदरलाइनडटकम
२० जेठ, कोहलपुर (बाँके) : नबौ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि धरानले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषदले कोहलपुरको प्रस्तावित क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न खेलमा रुपन्देहीको दोस्रो र मोरङ तेस्रो भयो ।
विजेता टिमलाई प्रदेश ५ की कृषि भूमि ब्यबस्था र सरकारी मन्त्री आरती पौडेल र कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले पुरस्कार र ट्रफि वितरण गरेका थिए । प्रतियोगिता १४ – २० जेठसम्म आयोजना गरिएको थियो ।
