विकासको लागि एक हुन मन्त्री गिरिको आग्रह

१८ मंसिर २०७६, बुधबार १८:३३
 

सदरलाइन / लक्ष्मी तिमलसेना
बैजनाथ (बाँके) : ५ नं प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले राजनैतिक र बैचारिक हिसावले हरेक पार्टिको मत फरक भए पनि विकास निर्माणका कामहरुमा सबैको एकमत हुनुपर्ने बताएका छन ।
बाँकेको बैजनाथ गाँउपालिका वडा नं ६ मा रहेको न्यु हरियाली सामुदायिक बनको १३ औ बार्षिक साधारणको उद्घाटन सभामा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन ।
५ नं प्रदेशका जनताले सम्बृद्धी र खुसीयाली रोजेको बताउदै उनले विस्तारै देश आर्थिक सम्बृद्धी तर्फ गैरहेको बताए । साथै उनले सामुदायिक बनबाट घाँस र दाउरा मात्र नभई सामुदायिक बन विकास संगसगै यसलाई पर्यापर्यटनको अवधारणामा लैजादै होमस्टेको विकास र विस्तार गरेमा छिट्टै नै जनताले चाहेको आर्थिक सम्बृद्धी हासिल गर्न सकिनेमा जोड दिए ।
निर्वाचन पछिका २ वर्ष सरकारले कानुन बनाउनका निमित्त खर्चियको बताउदै उनले अबको समय विकास निर्माणको भएको उल्लेख गरे ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश नं ५ का सांसद याकुब अन्सारी र उषा पुनले पनि सामुदायिक बनको प्रबर्धन संगै जडिबुटिको खेती गर्दै निकासीका माध्यम बाट नै समुदायमा आर्थिक सम्बृद्धी सम्भव भएको बताए ।
न्यु हरियाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नन्द विश्वकर्माको सभापतित्वमा भएको उत्घाटनसत्र कार्यक्रममा बैजनाथ गाँउपालिकाका उप–प्रमुख शारदा रेग्मी विक, नेकपा जिल्ला कार्यसमिति सचिब अशोक कोईराला, नेपाली काँग्रेसका बाँकेका सचिब कपिल शमा, डिभिजन बन अधिकृत मोहनप्रसाद श्रेष्ठ, सामुदायिक बन उपभोक्ता समुह महासंघं प्रदेश नं ५का अध्यक्ष बसन्ती अधिकारी लगाएतका वक्ताले सामुदायिक बन प्रबर्धनमा जोड दिंदै कार्यक्रम सफलताको शुभकामना समेत दिएका थिए ।

Next Post

नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषधबिरुद्ध सचेतना

१८ मंसिर २०७६, बुधबार १८:३३
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धी जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर […]