सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थसहित बाँकेमा ३ वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिओपी नरैनापुरबाट सशस्त्र प्रहरी निरीक्षक खडकबहादुर थापाको नेतृत्वमा गएको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट बुधवार राति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।
सुर्तीजन्य पदार्थ र मोटरसाइकलको मूल्य १ लाख ८८ हजार ४ सय ४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका मोटरसाइकलसहित सुर्तीलाई आवश्यक कारबाहीका लागि बिहीवार भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।
Next Post
उपमहानगरपालिकाको सेवा आइतवारदेखि शुरु हुने
२९ श्रावण २०७७, बिहीबार १३:४८
सम्बन्धित
-
१७ आश्विन २०७८, आईतवार १५:०९
बाँकेमा आइतवार ११ संक्रमित थपिए, ९ डिस्चार्ज
-
५ मंसिर २०७८, आईतवार १४:५१
३२औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो
-
२० असार २०८०, बुधबार १५:०३
बाँकेमा अहिलेसम्म २५ प्रतिशत मात्र रोपाईं
-
२४ मंसिर २०७८, शुक्रबार १३:३१
बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज
-
२८ श्रावण २०७७, बुधबार २३:०७
कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा गृहको रोक
-
२० जेष्ठ २०८०, शनिबार १५:०१
प्रतिवेदन सार्वजनिक नगरि निर्वाचनमा गएको प्रति आपत्ति