नेपालमा कोरोनाको ‘अति उच्च जोखिम’ टर्यो

१३ बैशाख २०७७, शनिबार १४:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश् स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिएका छन् ।
उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ’नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ’त्यसैले नेपाल कोभिड १९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’
नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड १९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।
नेपालमा कोभिड १९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । (थाहाखबरबाट)

Next Post

नदिमा हाम फालेकी महिलाको उद्धार

१३ बैशाख २०७७, शनिबार १४:५१
सदरलाइनडटकम, कञ्चनपुर : दार्चुलास्थित महाकाली नदीमा हाम फालेकी एक महिलाको आइतवार विहान उद्धार गरिएको छ । व्याँस गाउँपालिका १ की ३० वर्षीया सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । नदिमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल […]