एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

सदरलाइन संवाददाता ११ कार्तिक २०८०, शनिबार १४:०३
 

दाङ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए ।

उनले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए । महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा शुरु भए अवस्था सुधार नहुने बताए ।


“फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उनले भने, “एक्जिम बैङ्कले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सद्भावको आधार बलियो बनाउने योजना

११ कार्तिक २०८०, शनिबार १४:०३
नेपालगञ्ज : नेपालगञ्जलाई सामाजिक तथा धार्मिक सहरको रुपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ । सद्भावको सहरको आधारलाई थप बलियो बनाउने दीर्घकालीन योजनाका साथ मुख्य धर्म केन्द्रित नयाँ युवापुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले […]