शैक्षिक गोष्ठी हुँदै

६ जेष्ठ २०७५, आईतवार ११:५७
 

सदरलाइनडटकम
६ ज्येष्ठ, नेपालगन्ज :  बिदेशमा पढन जानका लागि आवश्यक पर्ने शैक्षिक ‘कोर्स’ ‘आईईएलटिस्’ पढाउन नेपालगन्जमा खुलेका संस्थाहरुमा बिद्यार्थीहरुको घुँइचो लाग्न थालेको छ । बिद्यार्थीहरुको आर्कषण बढ्दै छ ।
यसै क्रममा ग्रेस इन्टरनेशनल नेपालगन्जले शिक्षा क्षेत्रमा आफुहरुको भुमिका महत्वपुर्ण रहेको जनाएको छ । २०६१ सालदेखि नेपालगन्जमा कोरियन भाषा, अष्ट्रिलियन भाषा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई क्वालिटी शिक्षा प्रदान गर्दै आएको जनाएको छ । पत्रकार सम्मेलनमा जानकारी गराउदै ग्रेसले आयल्स पढाउने भरपर्दो माध्यम नै ग्रेस बनेको बताईएको छ । अंग्रेजी भाषा पढ्नको लागी काठमाण्डौं जान नपर्ने पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेशनल नेपालगन्जका डाइरेक्टर रामविचारी थारुले जानकारी गराए ।
नेपालगन्जमा आयल्स पढ्न बिद्यार्थीहरुको संख्या बढ्दै गएको ग्रेस ईन्टरनेशनल नेपालगन्जले यस्तो बताईएको हो । बिदेशमा पढ्न जानका लागि कुनै पनि विद्यार्थीहरुको अंग्रेजी भाषाको क्षमता परिक्षणका लागि आयल्स पढ्नु पर्छ उहाँले भन्नुभयो । नेपालगन्जमा बिभिन्न ईन्सिच्यूटहरुले आयल्स कक्षाहरु सञ्चालन गरिरहेका छन तर अधिकांस ईन्सिच्यूटहरु ब्रिटिस काउन्सिलबाट अनुमति प्राप्त छैन्न । नेपालगन्जमा आयल्स पढाउनका लागि ब्रिट्रिस काउन्सिलबाट मान्यता प्राप्त ग्रेस ईन्टरनेशनल नेपालगन्ज मात्र रहेको म्यानेजिङ डाईरेक्टर थारूले बताए । उनले आयल्सको परीक्षा क्याम्ब्रिज युनिर्भसिटिले लिने गर्दछ । जसमा ब्रिट्रिस काउन्सिलबाट अनुमति प्राप्त र दक्ष प्रशिक्षक नभएका ईन्सिच्यूटमा पढ्दा विद्यार्थीहरु परीक्षामा पास नहुने, लगानी खेरा भैरहेकाले गुणस्तरीय शिक्षा बुझेर मान्याता प्राप्त ईन्सिच्यूटमा पढ्न, पढाउनको लागी सम्पुर्ण विद्यार्थीहरुमा र अभिभावकहरुमा आग्राह समेत गर्नुभएको थियो ।
नेपालगन्जमा पछिल्लो समय एजुकेशनका हब बन्दै गएको आयल्सका शिक्षक विष्णु गिरीले जानकारी गराए । यस्तै ग्रेस ईन्टरनेशनल नेपालगन्जको आयोजनामा यही जेष्ठ १० गते विहिवारका दिन अष्ट्रेलिया किन जाने, अष्टे«ेलिया गएपछि के के सेवा सुुविधा पाइन्छ लगायतका विषयमा जानकारी गराउन नेपालगन्जमा सेमिनार गोष्ठी आयोजना गरिएको डाइरेक्टर रामविचारीले जानकारी गराउनुभयो । ग्रेस इन्टरनेशनल नेपालगन्जले २०१८ सालमा १९ जना विद्यार्थीको भिजा पारेको जनाएको छ ।

Next Post

उपमहानगरबाट लेखा अधिकृत फिर्ता ?

६ जेष्ठ २०७५, आईतवार ११:५७
सदरलाइनडटकम ६ ज्येष्ठ, नेपालगन्ज :  स्थानीय तहमा खटाइएका कर्मचारीलाई नगर प्रमुखले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाएको छ । महालेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौंबाट नेपालगंज उपमहानगरपालिकाको कार्यालयमा खटाईका लेखा अधिकृत राम बहादुर के.सी.लाई फिर्ता पठाइएको हो । उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत रहेकोले थप अधिकृतहरु […]