प्लान र युनेस्कोले गुलरियालाई बालविवाह मुक्त बनाउदै

सदरलाइन संवाददाता २७ बैशाख २०८१, बिहीबार १८:४१
 

गुलरिया (बर्दिया) : बर्दियाको गुलरिया नगरपालिकालाई प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक आयोजना गरिएको छ ।

स्थानीय बाल अधिकार समितिका संयोजक तथा गुलरिया नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुती गरेका थिए ।

सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस वडामा बालबिवाहको तथ्यांक २० प्रतिशत भन्दा कम रहेको हँुदा सम्भावित वडाहरुलाई बालविवाह मुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।


बैठकको निर्णय अनुसार पहिलो चरणमा गुलरिया नगरपालिका वडा न. ४, ८ र १२ लाई बालबिवाहमुक्त वडा घोषणा गर्ने, त्यसका लागि वडा तहमा सर्बपक्षीय बैठकको आयोजना गरि चेकलिस्ट तयार गरि सुचकमा छलफल गरि सिफारिसका लागि पालिकामा पेस गर्ने निर्णय गरिएको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले बताए ।

उनका अनुसार बैठकले बालबिवाहमुक्त वडा घोषणाको सम्पूर्ण तयारीको जिम्मेवारी स्थानीय बालअधिकार समिति तथा वडास्तरीय बालअधिकार समितिलाई तोकिएको र प्राबिधिक तथा आर्थिक सहयोग प्लान नेपाल तथा बाँके युनेस्को क्लब लगायतका संघ सस्थाले गर्ने निर्णय गरिएको छ ।

साथै बैठकमा सो अभियानलाई सफल तथा प्रभावकारी बनाउन बालबिवाह बारे संदेश लेखिएका ब्यानर होर्डिग बोर्ड राख्ने समेत निर्णय गरिएको छ भने गुलरियाका सबै वडालाई बालविवाह मुक्त वडा घोषणा गरि सिंगो पालिकलाई नै बालविवाह मुक्त पालिका घोषणा गर्ने कुरामा बैठकका सहभागीले जोड दिएका थिए ।

बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक, अनुगमन मुल्यांकन अधिकृत बिनय चौधरी, फिल्ड सुपरभईजर भगवती बिक लगायतको पनि सहभागिता रहेको थियो ।

बैठकको आयोजना पालिकाको अगुवाइमा बाँके युनेस्को क्लबद्वारा संचालित शसक्त बालिका परियोजना र बाल बिवाह छिटो हुने बिवाह र जबर्जस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा मोटरसाईकल चोरी गर्ने गिरोह नियन्त्रणमा

२७ बैशाख २०८१, बिहीबार १८:४१
नेपालगञ्ज : बाँके प्रहरीले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ । नेपालगञ्ज र सो आसपासबाट केही समय यता मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्य जारी राख्दा गिरोह नै नियन्त्रणमा लिन सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता […]