द्विअर्थी भाषाले आशंका बढाएको : कमल थापा

२७ फाल्गुन २०७५, सोमबार १५:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउत समूहले जनकपुरमा गरेको प्रदर्शन आपत्तिजनक भएको बताएका छन् । सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै विखण्डनको नारा लाग्नु, देश टुक्राउने ब्यानर, प्लेकार्ड र झण्डासहित प्रदर्शन हुनु तथा सरकार मूकदर्शक रहीरहनु भत्र्सनायोग्य भएको उनले टिप्पणी गरे ।
मिडिया नेपालले सोमवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले सहमतिमा प्रयोग भएका दुई अर्थ लाग्ने भाषाले जनतामा आशंका बढाएकाले सरकारले यसबारे प्रष्ट पार्नुपर्ने माग गरे । जनअभिमत भन्ने शब्दलाई सीके राउत समूहले जनमतसंग्रहको रुपमा व्याख्या गरिरहेको बताउँदै अध्यक्ष थापाले आवधिक निर्वाचन भएपनि राष्ट्रीय अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता कुनै पनि निर्वाचनबाट एजेण्डा बनाउन नसकिने दाबी गरे ।
सहमतिमा राउत समूहले विखण्डनको एजेण्डा छोडेको भनेर कहीँ पनि उल्लेख नभएको भन्दै उनले यो विषयले गम्भीर आशंका जन्माएको बताए । फागुन १५ गते ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते राजधानी पुगेर समापन हुने भन्दै अध्यक्ष थापाले त्यसै दिन केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम तय गर्ने जानकारी दिए ।

Next Post

नरैनापुरलाई फुसरहित बनाईंदै

२७ फाल्गुन २०७५, सोमबार १५:३४
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित विपन्न घर मर्मत कार्यक्रमअन्तर्गत सोमवार ६५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ३ का कोदीपुर्वा, कोटिया र बहाउपुर्वाका ५६ दलित र अन्य ९ परिवारलाई प्रति परिवार १६ वटाका दरले जस्तापाता वितरण गरेका हुन् । गाउँपालिकामा […]