तीन कटुवा पेस्तोलसहित दुई भारतीय तीन नेपाली नागरिक पक्राउ

३० कार्तिक २०७४, बिहीबार ११:४७
 

सदरलाइनडटकम 
३० कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने आम निर्वाचनलाई लक्षित गरी बाँके प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार बाँकेका विभिन्न स्थानबाट तीन थान अबैध हतियार सहित पाँचजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा रहेका मध्ये २ जना भारतीय नागरिक रहेका छन् ।
उनले गत कात्तिक २५ गते राती पौने ११ बजे बाँके डुडुवा गाउपालिका वडा नं.३ मल्लीपुरुवामा भारत रिसीयाका बर्ष २० को नन्कउ नाउ र बर्ष ३० को शेर अली नटलाई चेकजाँच गर्दा नन्कउको साथबाट कटुवा पेस्तोल नाल १, सो मा प्रयोग हुने मिस फायर भएको गोली १ राउण्ड बरामद भएको जानकारी दिए ।
प्रहरी उपरिक्षक तामाङ्गले पक्राउ परेका दुबै जनालाई हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा सो बरामद हतियार सोही ठाँउ बस्ने सफिउल्ला नटले फसाउने नियत राखि दिएको भन्ने खुल्न आए पश्चात निज सफिउल्ला नटलाई समेत पक्राउ गरी सोही मुद्दामा म्याद थप लिई अनुसन्धान भई रहेको बताए
यसैगरी सोही दिन राप्ती सोनारी गाउपालिका.वडा नं.६ स्थित ढलैयामा संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटि गएको प्रहरी टोलिले चेकजाँचको क्रममा जिल्ला बाँके नरैनापुर गाउपालिका वडानं. ५ बस्ने बर्ष २५ को गोपाल रोकाय र वडा नं.६ बस्ने बर्ष २६ को जयबहादुर बुढाथोकीलाई रोकी चेकजाँच तथा तलासी लिदा गोपाल रोकायको साथबाट एयरगन पेस्तोल नाल १ फेला पारी बरामद गरी उनीहरु माथि हातहतियार खरखजना मुद्दा दर्ता भई अनुसन्धान भई रहेको ।
प्रहरी उपरीक्षक तामाङ्गले गत कात्तिक २७ गते दिउसो २ बजेको समयमा राप्ती सोनारी गा.वडा नं.६ स्थितमा अबैध हतियारको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा सो स्थानमा प्रहरी टोली पुगेर कारवाही गर्दा राप्ती सोनारी वडा नं ७ घर बताउने बर्ष ५८ को धन बहादुर बिकलाई चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान १ फेला पारी बरामद गरी अनुसंधान सुरु गरेको बताए

Next Post

बाम गठबन्धनको घरदैलो गणेशपुरमा

३० कार्तिक २०७४, बिहीबार ११:४७
सदरलाइनडटकम   ३० कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं २ मा बाम गठबन्धनले प्रचार तथा घरदैलो अभियानलाई तीब्र पारेको छ । गणेशपुर, सल्यानी बंगला, घोसीटोल लगायतका क्षेत्रमा उम्मेदवार सहित घरदैलो सम्पन्न गरेको हो । बिहीबार बिहानै सो निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र र तथा प्रदेश सभा २ ख […]

सम्बन्धित