सदरलाइनडटकम,
नेपालगञ्ज : श्रद्धा र भक्तिपूर्वक आज गणेश विसर्जन गरिँदैछ । देशभरमा राखिएको गणेश मूर्तिलाई विसर्जनका दिन गणपतिको विसर्जन गरिन्छ ।
गणेश चतुर्थीका दिन बाँकेसहित देशभरमा राखिएको गणेश मूर्तिको १० दिनसम्म पूजाआजा गरी अनन्त चतुर्दशीका दिन विसर्जन गर्ने परम्परा रहेको छ । नेपालगञ्जलगायत आसपासका क्षेत्रमा राखिएको गणेश प्रतिमालाई सेलाउनका लागि बाजागाजाका साथ राप्ती नदी लगिदैंछ । १० दिनसम्म भक्तजनको घरमा विराजमान रहेका गणपति आजका दिन आफ्नो घर फर्किने गरेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
डेढ़ दिनको गणपति विसर्जनअन्तर्गत केहि भने गणेश चतुर्थीको दोस्रो दिन विसर्जन गर्ने गरेको उनीहरुको भनाई छ । नेपालसहित हिन्दु धर्मावलम्बी बसोबास गर्ने देशमा गणपति बप्पाको जन्मदिन १० दिनसम्म धूमधामका साथ मनाईंछ ।

