बैजनाथमा अपाङ्गतासम्बन्धी एक दिने अनुशिक्षण

२५ बैशाख २०७५, मंगलवार २१:०२
 

सदरलाइनडटकम  
२५ बैशाख बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिमा अपाङ्गता सम्बन्धी एकदिने अनुशिक्षण सम्पन गरिएको छ । बैजनाथ गाउँपालिका अपाङ्ग समन्वयन समिति तथा यूयसआइडीको सहकार्यमा डेक नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संञ्चारको पहुँच निर्देशिका–२०६९ सम्बन्धी जानकारी बैजनाथ गाउँपालिका अपाङ समन्वय समिति संयोजक तथा उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी गराईन् ।
यसैगरी बैजनाथ गाउपालिकाको योजना प्रमुख कृष्णबहादुर विष्टले स्थानीय तह बजेट योजना तर्जुमा पकृया तथा स्थानीय सरकार सम्बन्धी बनेको ऐन–२०७४ का बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय तह तथा राज्यका हरेक निकायमा अपाङगता भएका व्यक्तिहरुका लागि अबलम्बन गरिनु पर्ने कार्य सूचिहरु बारे बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिलाई अनुशिक्षण गराइएको हो । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफुहरुले प्रतिबद्धता जनाए अनुरुप कार्यपालिकाले अपाङताको क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।
रुचालले भने–‘ गाउपालिकामा भएका पुराना संरचना भौतिक पूर्वाधारका कार्यहरुमा अपाङ्गमैत्री र उपयुक्त नभएका कारण समस्या छ । तर अब निमार्ण हुने पूर्वाधार विकासका कार्यक्रमहरु अपाङ्गमैत्री वातावरण अनिर्वाय हुने छ ।’
बैजनाथ गाउपालिका कार्यालय समन्वय समिति संयोजक शारदा रेग्मी विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ गाउपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रबहादुर माझिले स्थानीय सरकारले तयार पारेको ऐन बमोजिम कार्य सम्पादन गरीने बताए ।

Next Post

१५ हजार घुससहित विद्युतका ईञ्जिनियर, सुपरभाईजर र सहयोगी परे अख्तियारकाे फन्दामा

२५ बैशाख २०७५, मंगलवार २१:०२
सदरलाइनडटकम २६ बैशाख, नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरणका ईलेक्टिकल ईञ्जिनियरसहित तीन जनालाई सेवाग्राहीसंग घुस लिएको अभियोगमा रंगेहात पक्राउ गरी अनुसंन्धान सुरु गरेको छ । कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव ३ बजेतिर नेपाल विद्युत प्राधिकरण नेपालगन्ज […]

सम्बन्धित