राप्तीसोनारीको समृद्धिका लागि सरोकारवालासँग छलफल

सदरलाइन संवाददाता १ असार २०७९, बुधबार १६:२१
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीको समृद्धि र विकासका लागि सम्बद्ध सरोकारवालासँग छलफल गरिएको छ । राप्ती सोनारी गाउँपालिका कार्यालय अगैयामा आज छलफल गरिएको हो ।

छलफलमा राप्ती सोनारी क्षेत्रमा रहेका पुर्वमन्त्री, पुर्वसभासद, साविक गाविसका पुर्वप्रधान/अध्यक्ष, क्याम्पस प्रमुख/अध्यक्ष लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।


गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा उपस्थित सरोकारवालाले राप्ती सोनारीको समृद्धि र विकासका लागि आफुहरुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, काँग्रेस प्रवक्ता डिल्ली गिरी लगायतको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ट्रक व्यवसायी आन्दोलित

१ असार २०७९, बुधबार १६:२१
नेपालगञ्ज : बाँकेका एक हजार बढी ढुवानी व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याएर बिहीवारदेखि आन्दोलनमा उत्रिएका छन् । बाँकेका ट्रक व्यवसायीहरुले सरकारी रबैयाले आफ्नो व्यवसाय धराशायी भएको भन्दै आफ्ना ढुवानीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याएका हुन् । सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक […]