सदरलाइनडटकम,
बुटवल : जिल्ला अदालत नवलपुरको गाडीमा बिहीवर राति अज्ञात समूहले आगजनी गरेको छ । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा २ झ ३५०२ नं. को गाडीमा आगजनी भएको हो ।
आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगजनीबारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
