अन्तर व्यवसायी फुटवल प्रतियोगिता : जितेकै टिमलाई प्रतियोगिताबाट बाहिर पठाइयो

२० बैशाख २०७५, बिहीबार २०:२३
 

सदरलाइनडटकम
२० बैशाख, नेपालगन्ज :  बैशाख १८ गतेदेखि नेपालगन्जमा शुरु भएको अन्तरव्यवसायी फुटवल प्रतियोगितामा बिजयी भएको एउटा टिमलाई आयोजकले अचानक प्रतियोगिताबाटै बाहिर पठाएको छ । प्रतियोगितामा सहभागि भएको नेपाल मोवाइल बितरक संघको टिमलाई आयोजकले बाहिरको खेलाडी खेलाएको भन्दै प्रतियोगिताबाटै बाहिर पठाएपछि प्रतियोगितानै बिबादमा मुछिएको छ ।
नेपाल मोवाइल बितरक संघले बुधवार बिहान पहिलो खेलमा जुत्ता चप्पल व्यवसायी संघको टिमलाई शुन्यका बिरुद्ध चार गोलले हराएको थियो । तर उक्त खेलमा संघले व्यवसायीक फर्म नै नभएका खेलाडी खेलाएको भन्दै संघको टिमलाई अन्य प्रतियोगिता खेल्न बन्चित गर्ने गरी प्रतियोगिताबाटै बाहिर पठाएको टिमका कप्तान तथा संघका बांके अध्यक्ष अर्जुन खड्काले बताए ।
प्रतियोगिताको नियम अनुसार आफुहरुले प्रतियोगिता सुरु हुनु भन्दा दुइृ दिन पहिल्यै खेलाडीको सबै बिबरण पठाएको र प्रतियोगिता सकिएको एक घण्टापछि सम्म पनि खेलाडी उपर उजुरी गर्न पाइने नियम तोडेर आयोजकले आफुहरुलाई बाहिर पठाए अन्याय गरेको खड्काले बताए । उनले भने,—‘प्रतियोगिता सकेर तपाईहरुले जित्नु भयो भनेर घर पठाइसकेपछि अचानक तपाईका बिरुद्धमा उजुरी प¥यो भन्दै टिमलाई प्रतियोगिताबाटै बाहिर पठाइएको मौखिक खबर आयो ।’
नेपाल मोवाइल बितरक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले खेलाडी उपर उजुरी गर्ने समय सकिएपछि उजुरी लिएर नियतबस आफुहरुलाई खेलबाट बाहिर पठाएको बताए । उनले पठाएको घटनाले आश्चार्यमा पठाएको बतउनले भने,—‘तपाईहरुले जित्नुभयो भनेर घर पठाएको टिमलाई अचनाक प्रतियोगिताबाटै बाहिर पठाइयो  ।’
आयोजकले आफ्नो टिमलाई बाहिर पठाएको कुरा लिखितरुपमा भन्दै भने,—‘व्यवसायी एकताका लागि खेलिएको प्रतियोगितामा आफैले जित्नै पर्ने गरी जितेको टिमलाई जानाजान बाहिर पठाउने कार्य दुर्भाग्यपुर्ण छ ।’ उनले आफ्नो टिमले थप प्रतियोगिता खेल्न पाउनुपर्ने बताए ।

Next Post

अग्नी पीडितलाई गाउपालिकाद्वारा राहत वितरण

२० बैशाख २०७५, बिहीबार २०:२३
सदरलाइनडटकम  २० बैशाख, नरैनापुर(बाँके) : राप्तीपारीका अग्नीपीडितलाई बिहीबार राहत बितरण गरिएकोे छ । बुधबार मध्यान्हमा बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनीमा एक्कासी आगलागी हुँदा १६ घरटहरा जलेर नष्ट भएको थिए । जमुनिका अग्नी पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै […]

सम्बन्धित