धान बालीमा विभिन्न रोगको संक्रमण, किसान चिन्तित

सदरलाइन संवाददाता ३० भाद्र २०८०, शनिबार १४:३९
 

नेपालगञ्ज : बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए ।

उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पुर्याउने उल्लेख गरे । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताए । बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उनले बैजनाथ सबैभन्दा बढी प्रभावित भएको बताए ।

‘यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन,’ उनले भने, ‘डुडुवा गाउँपालिका कम्दीमा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।’ यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगरपालिका आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।


जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिए । उनका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताए । उनले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताए ।

‘धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ,’ पौडेलले भने । उनका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा साप्ताहिक सरसफाई अभियान शुरु

३० भाद्र २०८०, शनिबार १४:३९
नेपालगञ्ज : भेरी अस्पतालले अवदेखि साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ताको शनिवार अस्पताल क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.पवनजंग रायमाझीले बताए । सरसफाई अभियानको शुरुवात शनिवारदेखि भइसकेको उनले जानकारी दिए । आज पहिलो दिन अस्पतालको प्रवेशद्धार क्षेत्र र परिसरमा सरसफाई गरिएको […]