अग्नी पीडितलाई गाउपालिकाद्वारा राहत वितरण

२० बैशाख २०७५, बिहीबार २०:२७
 

सदरलाइनडटकम 
२० बैशाख, नरैनापुर(बाँके) : राप्तीपारीका अग्नीपीडितलाई बिहीबार राहत बितरण गरिएकोे छ । बुधबार मध्यान्हमा बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनीमा एक्कासी आगलागी हुँदा १६ घरटहरा जलेर नष्ट भएको थिए ।
जमुनिका अग्नी पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । उनले थप सहयोग र राहतका लागि जिल्ला दैबी प्रकोप उद्दार समिति र विभिन्न संघसंस्थासंग आग्रह गरिएको जनाए ।
खरले छाएका, जोडिएका घरहरु र आवश्यक सावधानी नअपनाउँदा गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ । जीर्ण सडकका कारण सदरमुकाम नेपालगन्जबाट समयमै दमकल पुग्न नसक्दा क्षति बढी हुने गरेको छ ।

Next Post

सिण्डीकेटका पक्षमा यातायात व्यवसायीको बन्दले जनतालाई मार

२० बैशाख २०७५, बिहीबार २०:२७
सदरलाइनडटकम २१ बैशाख, नेपालगन्ज : सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान बाँके लगायत देशैभरि देखिएको छ । शुक्रबार बिहान बाँके लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी […]