सदरलाइनडटकम,
काठमाण्डौ : गत शुक्रवार इराकमा अमेरिकी ड्रोन आक्रमणमा परी मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य ४० जना घाइते भएको बताइएको छ ।
कासिमको गृहनगर केरमनमा भएको शवयात्राका क्रममा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका बेला भागदौड मच्चिएको हो । उनको शव यात्रामा देशभरबाट मानिसहरू सहभागी भएका छन् ।
उनको पार्थिव शरीरलाई इराकबाट अहवाज, तेहरान हुँदै केरमन लगिँदै थियो । उनको त्यहाँ अन्त्येष्टि गरिने बताइएको छ । यसअघि अहवाज र तेहरानमा भएको शव यात्रामा पनि ठूलो संख्यामा मानिसहरू सहभागि भएका थिए । (एजेन्सी)
