नौवस्ता औद्योगिक क्षेत्र नबन्दा व्यवसायी निरास

सदरलाइन संवाददाता २ भाद्र २०८०, शनिबार १२:४८
 

नेपालगञ्ज : बाँके बैजनाथमा निर्माण गर्ने भनिएको नौवस्ता औद्योगिक क्षेत्र नबन्दा उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका व्यवसायी निरास बनेका छन् । उद्योग संचालनका लागि ती व्यवसायीले सात वर्ष अघि प्रस्ताव गरेका थिए ।

आवेदन दिएको यतिका समय बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका उद्योगीहरु रुष्ट बनेका छन् । उद्योग खोल्ने योजना चकानाचुर भएको छ भने कतिले ठाउँको बिकल्प खोजिसकेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरोकारावाल निकायका अगुवाहरुसंग आवेदन दिएका उद्योगीले कहिलेबाट उद्योग खोल्न भन्दै प्रश्न तेर्साउँदै आएका छन् ।

तर सरोकारवाला निकायले बस्ति बिस्तार गर्नेसम्मको हिम्मत देखाउन सकेका छैनन् । बाँकेको आर्थिक क्षेत्रकै रुपान्तरण हुने अपेक्षासहित प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्र बन्ने नदिने षडयन्त्र शुरु भएको छ ।

कतिसम्म भने अहिले त नौवस्ता औद्योगिक क्षेत्र अन्यत्र सर्ने भन्नेसम्मका हल्ला चल्न थालेका छन् । तर औद्योगिक क्षेत्र नै सर्ने नसक्ने भए पनि तत्काल निर्माणको काम शुरु गर्न भने मुस्किल पर्ने देखिएको छ ।

बस्ति बिस्तार नभएसम्म पूर्वाधार निर्माणको काम शुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम शुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रका जनता सम्झाउँन लागेको बताउँदै आएका छन् ।


स्थानीय जनतादेखि जनप्रतिनिधिहरु आफुहरु नौवस्ता औद्योगिक क्षेत्रको पक्षमा रहेको बताउँछन् । तर पनि बस्ति बिस्तारको काम यतिका समय बित्दा समेत सकिएको छ । कतै षडयन्त्रको सिकार भएर नौवस्ता औद्योगिक क्षेत्र सपनामै सीमित हुने होकी भन्ने चिन्ता र चासो बढ्न थालेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले कुनै पनि हालतमा नौवस्ता औद्योगिक क्षेत्र बन्नुपर्ने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतमा धेरै पटक भएको छलफल पछि अवरोध हटाउनका लागि प्राबिधिक समिती गठन भए । तर कसैले कार्यान्वयन गर्ने हिम्मत गरेनन् । तर बस्ति बिस्तारको उल्झन अहिलेसम्म समाधान हुन सकेको छैन ।

औधोगिक क्षेत्रको डिपिआर गरेको क्षेत्र भित्र ६४ ओटा घरहरु रहेको भन्दै ति घरहरुलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्न प्राबिधिक समितिले सुझाव दिए पनि कार्यान्वयन भएन ।

उनले सो क्षेत्रमा हाल रहेको ३ सय ३८ बिगाह क्षेत्र बढाएर १ हजार बिगाह पुर्याउन सकिने आधारहरु रहेको दाबि गरे ।

उक्त क्षेत्रमा पूर्व सांसद नन्द लाल रोकायले औद्योगिक क्षेत्र निर्माणका लागि बाँके बासी एक भएको भन्दै निर्माण पक्रिया शुरु गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिजमा रमाउँदै राना थारु समुदाय

२ भाद्र २०८०, शनिबार १२:४८
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा शनिवार तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो । तिज यो समुदायको ठुलो पर्व मानिन्छ र धूमधामसँग मनाउने गरिएको छ । शनिवार महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका […]

सम्बन्धित