२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बहिरा स्रोत विद्यालयका शिक्षकलाई सांकेतिक भाषाको तालिम



सदरलाइनडटकम
२१ बैशाख, नेपालगन्ज : बहिरा विद्यार्थीका लागि गुणस्तरिय शिक्षाको लागि स्रोत शिक्षकलाई लक्षित गरी आयोजना गरिएको १० दिने सांकेतिक भाषा सम्बन्धित तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रनको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिम क्षेत्रीय समितिको संयोजनमा बाँके, बर्दिया, सिराह, सर्लाही लगायतका विभिन्न ९ जिल्लाका १९ स्रोत शिक्षक सहभागि रहेका थिए ।
बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीका लागि कक्षा कोठमा जाने शिक्षकमा सांकेतिक भाषाको ज्ञान नभएको कारण उनीहरु कक्षा कोठमा उपस्थित हुने तर, शिक्षकले पढाएको कुनै कुरा पनि नबुझने भएकोले बहिरा स्रोत विद्यालयमा अनिबार्य रुपमा साकेतिक भाषाको शिक्षक हुनुपर्ने भएकोले तालिमको आयोजना गरिएको सेभद चिल्ड्रेनका विजय बिश्वकर्माले जानकारी दिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष भावुक जंग थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रशिक्षक प्रसान्त कठायतले आफुहरुले १० दिनसम्म कसरी कक्षाकोठालाई बहिरा विद्यार्थी मैत्री बनाउन सकिन्छ तथा उनीहरुको रुची अनुसार सिकाई विधिको प्रयोग गर्ने तरिकाको बारेमा सहभागि शिक्षक शिक्षिकालाई सांकेतिक भाषाको माध्यामबाट सिकईएको बताए ।
, सहिभागि शिक्षक कृष्णप्राद पौडेलले आफुले अव कक्षा कोठामा प्रवेश गर्दा सबै विद्यार्थीका लागि बुझ्न सजिलो हुने गरी अध्यापन गर्न सक्षम भएको बताए । सर्लाहीबाट तालिममा सहभागि हुन आएका उनले भने–‘पहिला कक्षा कोठामा जाँदा सपाङ्ग बालबालिकाले मात्र मैले पढाएको बुझ्थ्ये भने अव बहिरा बालबालिकालाई पनि संकेतिक भाषाको माध्यामले पढाउन सक्ने भएको छु ।’ उनले बेला बेलामा आफुहरुलाई रिफ्रेसमेन्ट तालिमको आवश्यता पर्ने सुझाव दिए ।

प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार
ताजा समाचार