२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

डुडुवाका सबै बालविकास केन्द्रमा अंग्रेजी माध्यामबाट पढाई हुँदै



सदरलाइनडटकम
८ जेठ, नेपालगन्ज : बालविकास केन्द्रमा अध्ययनको लागि आउने बालबालिकालाई अग्रेजी माध्यामबाट शिक्षण गराउने उद्देश्यले सहयोगी कार्यकर्तालाई पाँचदिने अंग्रेजी शिक्षण तालिम सम्पन्न गरिएको छ ।
डुडुवा गाउपालिकामा रहेका ७३ वटा बालविकास केन्द्र मध्ये पहिलो चरणमा २७ वटा बाविकास केन्द्रका सहयोगी कार्यकर्तालाई पाँचदिने अंग्रेजी शिक्षण तालिम दिईएको हो ।
डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरिक्षक खगेन्द्र मल्लले गाउपालिकामा रहेका सबै ७३ वटै प्रारम्भिक बालविकास केन्द्रमा अध्ययन गर्न आउने बालबालिकालाई लक्षित गरी अंग्रेजी माध्यमले शिक्षण गराउने उद्देश्यले सहयोगी कार्यकर्तालाई तालिमको आयोजना गरिएको जानकारी दिए ।
उनले भने–‘गाउँपालिकाका सबै बालविकास केन्द्रमा अंग्रेजी माध्यामको शिक्षण विधि अपनाउनको लागि तालिमको आयोजना गरिएको हो ।’ उनले सबै बालविकास केन्द्रमा ‘अलईनवान’ नामक पुस्तक लागू गरिएको बताए ।
उनले भने–‘गाउँपालिकाको सहयोगमा अंग्रेजी, नेपाली र गणित विषय एउटैमा भएको ‘अलईनवान’ नामक पुस्तक प्रति बालविकास केन्द्र २० वटाको दरले ७३ वटै केन्द्रमा उपलब्ध गराईएको छ ।’ उनले अभिभावकको अंग्रेजी शिक्षा प्रतिको मोहलाई गाउँ शिक्षा समितिले पनि उनीहरुको भावनालाई बुझेर गाउँपालिकाका सबै प्रारम्भिक बालविकास केन्द्रबाटै अंग्रेजी शिक्षा अध्यापन गर्न सुरु गरेको बताए ।

प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार
ताजा समाचार