Sadarline
२०८३ असोज २४ , शनिबार

खजुरा १ साक्षर घोषणा




सदरलाइनडटकम
११ जेठ, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ ।

 राधापुरको मैटहवा माविमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुमन मल्लले साक्षर वडा घोषणा गर्दै अब राधापुरमा कुनै पनि नागरिकले कामकाजका क्रममा औठाछाप नलाउने बताए ।

 वडाध्यक्ष मल्लले साक्षरता उन्मुलन समृद्धिको कडी भएको बताउँदै राधापुर बालमैत्री वडा घोषणाको तयारीमा अगाडि बढाएको बताए ।

राधापुरमा ४ हजार २ सय ६२ जनसंख्या रहेकोमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहमा पर्ने २ हजार ९ सय ६२ जनामा २ हजार ८ सय ९० जना साक्षर भएकाले उक्त वडालाई साक्षर वडा घोषणा गरिएको राधापुर सामुदायिक केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए । वडाका विभिन्न भागमा परिक्रमा गरी सचेतनामुलक ¥याली कार्यक्रम स्थल पुगेको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलगायतले खजुरा गाउँपालिकालाई समृद्धि बनाउने आधारका रुपमा साक्षर घोषणा पहिलो कडी भएको उल्लेख गरे । समृद्धिका पाइला र राधापुर सामुदायिक केन्द्रको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले ‘शिक्षा’लगायत विषयमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेठ ११ गते शुक्रबार
ताजा समाचार