२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

आर्थिक गणनाको कार्य धमाधम




सदरलाइनडटकम
९ बैशाख, नेपालगञ्ज  : बैशाख १ गतेबाट बाँकेमा शुरु भएको आर्थिक गणना कार्य धमाधम भइरहेको छ । गणकहरु फर्म तथा उद्योग प्रतिष्ठानमा पुगेर बिभिन्न बिबरणहरु संकलन गरिरहेका छन् ।
अहिलेसम्म करिव ४५ सय वटा उद्योग, प्रतिष्ठानको बिबरण संकलन गरिसकेको र काम रामेसंग सञ्चालन भइरहेको आर्थिक गणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले बताए ।
जेष्ठ ३१ गतेसम्म बाँके लगायत देशभर आर्थिक गणना शुरु हुँदैछ । बाँकेमा ७७ जना गणकहरु शनिबारबाटै आर्थिक गणनामा सहभागि भएका
छन् ।
उनका अनुसार गणकहरुलाई प्रशिक्षण दिइसकेपछि पोख्त बनाई उनीहरुलाई गाउँ गाउँ परिचालन गरिएको छ । सबको सहयोगबाट आर्थिक गणना अभियान सफल हुने पौडेलले बताएका छन् । उनका अनुसार आर्थिक गणनाले देशको आर्थिक अवस्थाका बारे जानकारी गराउने र भविष्यका बिषयमा योजना सार्वजनिक गर्न सहयोग गर्ने छ ।

प्रकाशित मिति : २०७५ वैशाख ९ गते आइतबार
ताजा समाचार