दाङ : दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रहरीका अनुसार बिहीवार राती १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।