सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिउँसो जारी गरेको प्रेस नोटमा नेपालगञ्जका थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार नेपालगञ्ज वडा नं. ८ का ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै कपिलबस्तु नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयले दोस्रो पत्र जारी गरी उनमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको हो ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २५ पुगेको छ भने नेपालमा हालसम्म २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
Next Post
खोलामा एम्बुलेन्स खस्दा ६ जना घाइते
३१ बैशाख २०७७, बुधबार १४:२९
सम्बन्धित
-
२५ फाल्गुन २०८०, शुक्रबार १५:३१
एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा
-
७ पुष २०८०, शनिबार १४:५२
८ महिनाअघि माओवादीबाट सिफारिस भएकी नमुना मन्त्री बन्दै
-
८ असार २०७८, मंगलवार १७:०६
स्वास्थ्य अधिकार विषयमा रिट दायर
-
१ बैशाख २०७८, बुधबार १५:१७
नेपालगञ्जमा पनि चार्जिङ स्टेशन
-
१७ श्रावण २०७३, सोमबार ०६:०५
रोकथामको उपाय !
-
८ श्रावण २०७६, बुधबार १०:२८
राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६ मा सर्वोत्कृष्ट पाँच प्रतिस्पर्धी कृषक सार्वजनिक