खजुरा ५ नम्बर वडामा सरसफाई र पोषण कार्यक्रम गरिने

१६ बैशाख २०७५, आईतवार १८:३४
 

सदरलाइनडटकम
१६ बैशाख, नेपालगन्ज :  खजुरा गाउँपालिका अन्र्तगत वडा नम्बर ५ मा बैशाख १९ गतेदेखि पोषण कार्यक्रमको आयोजना गरिने भएको छ । गर्भवती महिलाहरुका लागि उक्त कार्यक्रम गरिने भएको हाे ।
वडा कार्यालयको सहयोग र उढरापुर स्वास्थ्यचौकीको आयोजनामा १९ गतेदेखि २५ गतेसम्म ५ नम्बर वडामा रहेका उक्त कार्यक्रम गर्न लागिएको हो ।
आयोजक उढरापुर स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर ओलीका अनुसार, सरसफाई सम्बन्धी जागरण फैलाउनका लागि आमा समूहलाई सोही वडामा बैशाख २८ गते स्वास्थ्य सरसफाई कार्यक्रम सन्चालन गरिने छ ।
खजुरा गाउँपालिकाबाट बिनियोजन गरिएको र वडा कार्यालयबाट प्रदान गरिएको कार्यक्रमबाट सो कार्यक्रमहरु सन्चालन गर्न लागिएको हो ।

Next Post

बिद्युत सेवा अनियमित

१६ बैशाख २०७५, आईतवार १८:३४
सदरलाइनडटकम १७ बैशाख, नेपालगन्ज :  आईतबार राती नेपालगन्ज लगायतका स्थानमा आएको हावाहुरी र असिना पश्चात यहाँको बिद्युत सेवा अवरुद्ध भएको छ । नेपालगन्ज सबै जसो स्थानमा रातीदेखि अवरुद्ध भएको बिद्युत सेवा अझै सुचारु भएको छ । बिद्युत प्राधिकरणले निर्माणका कामहरु चलिरहेकाले सांझसम्म बिद्युत सेवा नियमित हुने जनाएको छ । बिद्युत […]