सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज : औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई सेवाग्राहीसंग घुस लिदैगर्दा रंगेहात अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार अनुसंधान आयोग कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीद्वारा जारी विज्ञप्तीमा भट्टराईले मेडिकल दर्ता प्रकृयालाई सहजता बनाई दिने भन्दै सेवाग्राहीसंग ५० हजार घुस सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।
सेवाग्राहिले दिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग आयोगको कार्यालय कोहलपुरको टोलीले अभियुक्त भट्टराईलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
