रेडक्रस बाँकेमा ’सम्झना’ पुनः सभापतिमा चयन

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १३:१९
 

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको सभापतिमा फेरि गोवर्धन सिंह सम्झना निर्वाचित भएका छन् । ४१औं जिल्ला सभाको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । भएको छ ।


उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया तथा सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खगेश्वरी रावत र सरितादेवी ज्ञवाली निर्वाचित भएका छन् । निर्वाचन अधिकारी नवराज ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक समानताबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

६ फाल्गुन २०७९, शनिबार १३:१९
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । श्रमिकका रुपमा […]